ad ad

समाज


देशभरका ३१ सय ९४ विद्यालयमा क्वारेन्टिन, कुन प्रदेशका कति?

देशभरका ३१ सय ९४ विद्यालयमा क्वारेन्टिन, कुन प्रदेशका कति?

नेपालखबर
जेठ २८, २०७७ बुधबार १४:१५,

कोरोना भाइरस (कोभिड १९) को महामारीसँग जुध्न देशभरका तीन हजार बढी विद्यालयलाई क्वारेन्टिन बनाइएको छ।

सरकारले सार्वजनिक विद्यालयहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने निर्णय गरेपछि स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गरेका हुन्।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका ९८१ विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको छ।

प्रदेश १ मा १६१, प्रदेश २ मा ३३५, बागमती प्रदेशमा १३५, गण्डकी प्रदेशमा ३०१ प्रदेश ५ मा ८००, कर्णाली प्रदेशमा ४६६ विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयले आज गरेको अन्तिम अपडेट अनुसार तीन हजार १ सय ९४ विद्यालयमा क्वारेन्टिन रहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

‘एसईई परीक्षाको तयारी र विद्यालयको अवस्थाका बारेमा जानकारी लिनका लागि मन्त्रालयले यो विवरण संकलन गरेको हो’, नेपालखबरसँग कुरा गर्दै केसीले भने, ‘संक्रमितको संख्या बढ्दै जाँदा थप विद्यालयलाई पनि क्वारेन्टिनका रुपमा प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .