आज (आइतबार) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको मात्रा केही घट्ने सम्भावना देखिएको हो।
माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भागमा अवस्थित छ जसका कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाँदै छ।
‘तर यसको मतलब वर्षा नहुने भन्ने होइन, अझै १/२ दिन वर्षा हुन्छ,’ नेपालखबरसँग उनले भने, ‘अब भारी वर्षाचाहिँ केही कम हुने हो।’
माैसमविद् अर्यालका अनुसार ‘वर्षा त आज पनि देशभर हुन्छ,’ उनले भने। पनि देशभर बदली छ। बादलकाे कुनै कमी छैन। तर बादलकाे माेटाइ केही कम छ
‘यसैकारण काठमाडौं उपत्यकामा पनि पानी खसिहाल्न सकेको छैन,’ उनले भने, ‘वर्षा त आज पनि देशभर हुन्छ।’
अब हल्कादेखि मध्यमसम्म मात्र वर्षा हुने माैसमविद् अर्यालकाे अनुमान छ।
उनका अनुसार ५० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटर कट्यो भने त्याे विनाशकारी हुन्छ।
‘आजदेखि ५० मिलमिटर कट्ने देखिन्न, तर त्यसो भनेर ढुक्क हुने अवस्था भने छैन,’ मौसमविद् अर्यालले भने, ‘किनभने यसअघिको वर्षाले गर्दा जमिन गलेको अवस्था छ, २५ मिलिमिटर मात्रै पानी प¥यो भने पनि पहाडी क्षेत्रमा पहिरो जाने खतरा छ।’
बितेको २४ घण्टामा जनकपुरमा २८३.८ मिलिमिटर पानी परेको छ।
उनका अनुसार आज मध्य र पूर्वी क्षेत्रका थोरै तथा पश्चिमका एक/दुई स्थानमा मात्र भारी वर्षा हुने सम्भावना देखिएको छ।
आगामी तीन दिनसम्म मनसुनी प्रणाली कमजोर अवस्थामा रहने मौसमविद् अर्यालको अनुमान छ।
‘तलतिर सरेको न्यून चापीय रेखा २-४ दिनयता माथि नआउला,’ उनले भने, ‘त्यसपछि पुनः माथि आउन पनि सक्छ।’
Shares

प्रतिक्रिया