ad ad

समाज


एक अध्ययन भन्छः यस्ता तथ्य फेला परे, जसले चीनमा धेरै पहिले कोरोना सुरु भएको संकेत गर्छन्

एक अध्ययन भन्छः यस्ता तथ्य फेला परे, जसले चीनमा धेरै पहिले कोरोना सुरु भएको संकेत गर्छन्

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ०:५०,

चीनमा भनिएको भन्दा धेरै समयअगाडि नै कोरोना भाइरसको संक्रमण फैलिएको हुन सक्ने एक अध्ययनले दाबी गरेको छ।

गत सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट कोरोना संक्रमण सुरु भएको भन्ने गरिएको छ। जुन अहिले विश्वव्यापी रूपमा फैलिएर ७१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिकालगायतका देशले चीनले कोरोनासम्बन्धी जानकारी समयमै नदिएको आशंका पनि प्रकट गरिरहेका छन्।

यसै क्रममा हार्वर्ड मेडिकल स्कुलको एक अध्ययन टोलीले चीनमा कोरोना संक्रमण सुरु उसले भनेको भन्दा धेरै समय अगाडि नै सुरु भएको हुन सक्ने केही तथ्य फेला पारिएको दाबी गरेको हो।

व्यावसायिक उपग्रहबाट लिइएका वुहान सहरका केही तस्बिरले यस्तै संकेत गरेको अनुसन्धानकर्ताले बताएका छन्। ती तस्बिर २०१९ अगस्टको हो। जसमा ठूलो संख्यामा सवारीसाधान वुहान सहरको अस्पताल बाहिर देखिन्छन्। अध्ययनकर्ता भन्छन्, ‘हुन सक्छ, त्यतिबेलै कोरोनाका कारण धेरै बिरामी भएका थिए।’

तर उनीहरूले के पनि भनेका छन् भने तस्बिरमा देखिएको बिरामीको भिड मौसमी रुघाखोकीका पनि हुन सक्छ, जुन कोभिड–१९ का सामान्य लक्षण हुन्।

डा. जोन ब्राउनस्टेन यस अध्ययनको नेतृत्व गरिरहेका छन्। उनी भन्छन्, ‘प्रमाण परिस्थितिगत छ।’ तर टीभीसँगको अन्तर्वार्तामा उनले यो तथ्यले भाइरसको उत्पत्ति बुझ्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

२०१९ डिसेम्बरमा चीनले विश्व स्वास्थ्य संगठनलाई कुनै अज्ञात कारण निमोनियाजस्ता रोगबारे जानकारी गराएको थियो। यसको ९ दिनपछि चिनियाँ अधिकारीले निमोनियाका बिरामीममा कोरोना भाइरस रहेको पत्ता लगाएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .