अमेरिकी सिनेटर रिक स्कटलाई चीनले प्रमाण प्रस्तुत गर्न भनेको छ।
पश्चिमा मुलुकले कोरोनाको खोप बनाइरहँदा उक्त कार्यमा चीनले अवरोध खडा गरेको स्कटले केहीदिन अगाडि आरोप लगाएका थिए।
स्कटले अमेरिकी खोप अनुसन्धानमा चिनियाँ हस्तक्षेपको प्रमाण आफूसँग भएको दाबी गरेका थिए।
उनले अमेरिका र बेलायतले विश्वमा पहिले खोप निर्माण सम्पन्न नगरोस् भन्ने चीनको धारणा रहेको पनि आरोप लगाएका थिए।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार स्कटलाई चिनियाँ हस्तक्षेपको प्रमाण प्रस्तुत गर्न र चीनलाई दोषी सावित गर्न चुनौती दिएकी हुन्।
साथै उनले चीनले बनाएको खोप विश्वको लागि उपलब्ध हुने बताउँदै अमेरिकाले पनि उसले बनाएको खोप विश्वको लागि उपलब्ध गराउनु पर्ने बताइन्।
चुनयिङले कोरोनाविरुद्धको खोप बनाउने कार्य अमेरिका र चीनबीचको प्रतिस्पर्धा नभएको बताउँदै यस कार्य मानव र कोरोना भाइरसविरुद्धको युद्ध भएको उल्लेख गरिन्। सीजीटीएन
प्रतिक्रिया