समाज


ज्वरो र घाँटी दुख्ने समस्या देखिएपछि केजरीवालको कोरोना परीक्षण हुँदै

ज्वरो र घाँटी दुख्ने समस्या देखिएपछि केजरीवालको कोरोना परीक्षण हुँदै

नेपालखबर
जेठ २६, २०७७ सोमबार ७:५५,

केजरीवालमा ज्वरो र घाँटी दुख्ने समस्या देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

हाल केजरीवाल सेल्फ–आइसोलेसनमा छन्। कोरोनाको प्रभाव कम हुँदै गएपछि आइतबार मात्र दिल्लीको सबैतिरको सिमाना खोलिएको छ।

त्यहाँ आर्थिक गतिविधि बढाउन होटलहरु खोलिएको छ। यसबीचमा केजरीवाललाई ज्वरो आएको हो।

दिल्लीमा हालसम्म २८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ। तीमध्ये ८१२ को मृत्यु भएको छ।

पछिल्लो समय भारतमा कोरोना तीव्र गतिमा बढ्दै गएको छ। गएको २४ घण्टामा भारतमा ९ हजार ९८३ नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतमा २ लाख ५६ हजारमा कोरोना भाइरस पुष्टि हुँदा ७ हजारभन्दा बढीको ज्यान गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad