मध्यरातदेखि कोरोना भाइरससम्बन्धी सतर्कता तह सबभन्दा तल्लो तहमा पुर्याइने त्यहाँकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी हुन्।
सीमा नाका बाहेक मुलुकभित्र लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुने बीबीसीले जनाएको छ।
अब त्यहाँ सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, होटल रेस्टुरेन्टहरू, सार्वजनिक यातायातका माध्यमहरू र घरेलु उडानहरूलाई कुनै प्रतिबन्ध बिना चलाउन दिइनेछ।
न्युजिल्याण्डमा कोरोनाको संक्रमण शुन्यमा झरेको छ। साथै सक्रिय कोरोना भाइरस सङ्क्रमण बाँकी नभएपछि न्युजिल्याण्डले भाइरस जितेको जस्तो देखिएको छ।
न्युजिल्याण्ड पूर्ण लकडाउन गरिएको थियो। डब्लूएचओको सुझावहरु मानेका कारण न्युजिल्याण्डमा कोरोनाको प्रभाव पर्न पाएन।
त्यहाँ जम्मा १५०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ साथै २२ जनाको मृत्यु भएको छ।
कोरोनाको प्रभाव अन्त्य भएको देखिए पनि प्रधानमन्त्री जसिन्डा आर्डनले लामो समयसम्म सीमा नखोल्ने बताएकी छिन्। एजेन्सी
Shares

प्रतिक्रिया