कोरोना भाइरसबिरुद्ध लड्ने रोग प्रतिरोधी क्षमता बढाउने भन्दै आयुर्वेदिक जुस तथा ट्यावलेट नपाली बजारमा ल्याइएको छ।
शाहीराम फुड्स प्रालीले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री गर्न सुरु गरेको हो।
आयुर्वेदिक जडिबुटी गिलोयलाई नेपालमा गुर्जो नामले चिनिन्छ। परापुर्व कालदेखि पुर्खाहरुले शरीरमा कमजोरी हुदा गुर्जाेको झोल पिउने चलन छ।
भारतीय योग गुरु वावा रामदेवका साथै आयुर्वेदिक ज्ञाताहरुले कोरोनाबाट बच्नका लागि गुर्जाेको झोल सेवन लाभदायक हुने बताउदै आएका छन्।
यहि गिलोय (गुर्जाे) का साथै तुलसी, वासा, त्रिकटु प्रवाही, हरिद्रा, आद्रकलगायत अमूल्य नेपाली जडीबुटीलाई शाहीराम फुड्स प्रालीले जुस र ट्याबलेटका रुपमा बजारमा ल्याएको हो।
गिलोय तुलसी जुस र गिलोय तुलसी चक्कीको नियमित प्रयोग गरेपछि शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामबहादुर शाहीले बताए।
‘आयुर्वेदिक डाक्टरहरुको खोज, अध्ययन, अनुसन्धानबाट गिलोयोको प्रयोगले शरिरमा रोक प्रतिरोधी क्षमता बढाउने र कोरोनाविरुद्ध लड्न सकिने पुष्टी भएको छ,’ उनले भने, ‘हाम्रा प्रोडक्टले रोग प्रतिरोधी क्षमता अभिबृद्धि गर्न र मानिसहरुलाई कोरोनाको त्रास कम गर्दै सामान्य जीवनमा फर्कन सहयोग गर्ने विश्वास लिएका छौ।’
कम्पनीका उत्पादनहरु आइएसओ र जीएमपी प्रमाणीकरण र डीडीएबाट पनि स्वीकृत छ। नेपाली जडिबुटीको प्रयोगबाट निर्मीत आर्युर्वेदिक उत्पादन बच्चादेखि बृद्धसम्म सबैले प्रयोग गर्नसक्ने र कुनै ‘साईड इफेक्ट’ नभएको कम्पनीको दाबी छ।
यी उत्पादनमा प्रचुर मात्रामा एन्टीअक्सीडेन्ट तत्व भएकाले नियमित सेवनले वालकदेखि वृद्धसम्मलाई रोगसँग लड्ने क्षमता बृद्धि गर्दै कोरोना लगायतका भाइसरबाट बचाउने कम्पनीको भनाई छ।
यसले पाचन क्रियालाई सक्रिय गराउने, जरो, मधुमेह, दम, बाथ, माइग्रेन, कब्जीयत, एसिडिटी, जोर्नी दुखाई, रुखाखोकी, टाउको दुखाई, शारिरिक कमजोरीलाई समेत यी प्रोडक्ट लाभदायक हुने सिइओ शाहीले बताए।

प्रतिक्रिया