छापा खबर


आरडिटीको भर पर्दा दैलेखको गाउँ नै संक्रमित, १९५ जनामा कोरोना पुष्टि

आरडिटीको भर पर्दा दैलेखको गाउँ नै संक्रमित, १९५ जनामा कोरोना पुष्टि

नेपालखबर
जेठ २४, २०७७ शनिबार २३:४९,

दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरूमध्ये ८७ जना घरमै छन् ।

समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा दैलेखबाट विष्णु शर्माले लेखेका छन्।

भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच नगर्दा कोरोना संक्रमण फैलिन थालेको हो । जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी परीक्षण गरेर घर पठाएपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ ।

क्वारेन्टाइनमा बसेकाहरूको एक साता कटेपछि पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकलन गरेर सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । तर, सुर्खेतमा परीक्षण गर्न ढिलाइ भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो । त्यहाँ पनि ढिलाइ भएपछि आरडिटी विधिबाट परीक्षण गरेर उनीहरूलाई घर पठाइएको थियो ।

तर, त्यसको दुई दिनपछि बिहीबार एक सय १३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भयो । संक्रमितमध्ये २६ जना मात्रै स्वास्थ्य संस्थामा छन्, ८७ जना आ–आफ्नै घरमा छन् । यो बीचमा उनीहरू सयौँ मानिसको सम्पर्कमा आएका छन् । उनीहरूलाई स्वास्थ्य संस्थामा ल्याउन तथा आइसोलेसनमा राख्ने पहल गरिएको छैन।

स्थानीय जनप्रतिनिधिले गाउँका ज्येष्ठ नागरिक र बालबालिकामा संक्रमण फैलिने र यसले थप भयावह अवस्था आउने भन्दै उनीहरूलाई आइसोलेसनमा राख्न आग्रह गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले नागरिकको स्वास्थ्यमा खेलबाड भइरहेको बताए । ‘यस्तो वेलामा जिम्मेवार निकायहरूले हेलचेक्र्याइँ गर्ने हो भने अवस्था जटिल बन्न सक्ने देखिएको छ,’ उनले भने।

नारायण नगरपालिकामा मेयर रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरबाहीका कारण नगरपालिका कोरोना सेन्टर बन्न पुगेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad