ad ad

समाज


कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाखको मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

नेपालखबर
जेठ २४, २०७७ शनिबार ७:२०,

यस्तै संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

नेपाली समयानुसार शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४०६ जना निको भएका छन्।

हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३१ लाख २ हजार ५१ व्यक्ति उपचाररत रहेका छन्। संक्रमितहरुमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ६५ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ। यस प्रकोपको कारण अमेरिकामा १ लाख ११ हजार ३९४ व्यक्तिको मृत्यु भएको छ।

दक्षिण अमेरिकामा १० लाख ७२ हजार ७९२ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ४७ हजार ४६३ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा २२ लाख २९ हजार १७६ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ३३ हजार ९७२ जनाको मृत्यु भएको छ।

युरोपमा २० लाख ६२ हजार १६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ९६० को मृत्यु भएको छ । एसियामा १२ लाख ९८ हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार ७८४ जनाको मृत्यु भएको छ।

अफ्रिकामा १ लाख ७९ हजार ३३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ९४२ जनाको मृत्यु भएको छ। ओसियाना ८ हजार ८६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .