ad ad

समाज


कोरोना संक्रमणमा भारत इटली भन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित

कोरोना संक्रमणमा भारत इटली भन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित

नेपालखबर
जेठ २४, २०७७ शनिबार ७:११,

विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो।

भारतमा अहिले कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको अधिकारीहरुले जनाएका छन्। इटलीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५३१ जना कोरोना भाइरस संक्रमित रहेका छन्।

कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने भारतमाभन्दा इटलीमा अत्यधिक धेरै रहेको छ। भारतमा अहिलेसम्म ६ हजार ६४२ को मृत्यु भएको छ भने इटलीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८८७ जना संक्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २९४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ।

भारतमा संक्रमित भएका मध्ये १ लाख १४ हजार ७३ जना संक्रणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन्। देशभरी संक्रमित मध्ये सवैभन्दा धेरै महाराष्ट्रमा राज्यमा रहेको छ । त्यहाँ कुल ८० हजार २२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। ती मध्ये ४२ हजार २२४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन्।

दोस्रो स्थानमा रहेको तमिलनाडू राज्यमा कुल २८ हजार ६९४ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .