ad ad

समाज


माइकल जोर्डनले जातीय समानताको अभियानलाई १२ अर्ब सहयोग गर्ने

माइकल जोर्डनले जातीय समानताको अभियानलाई १२ अर्ब सहयोग गर्ने

नेपालखबर
जेठ २४, २०७७ शनिबार ५:३७,

ट्वीटरमा ‘अश्वेतको जीवनले पनि अर्थ राख्छ’ भन्दै जोर्डनले दश वर्षको अवधिमा आफूले अमेरिकामा हुने जातीय समानताको अभियानलाई सहयोग गर्ने बताएका हुन्।

जोर्डन ब्राण्डमार्फत् सहयोग प्रदान हुने बीबीसीले जनाएको छ।

हाल अमेरिकामा रंगभेदविरद्धको आन्दोलन जारी छ। अफ्रिकी मूलका अमेरिकी नागरिक जोर्ज फ्लोएडलाई प्रहरीले हथकडी लगाएर घाँटीमा घुँडाले झन्डै ९ मिनेट थिचेपछि उनको मृत्यु भएको थियो।

प्रहरीको रंगभेदवादी मनस्थितीकै कारण जोर्जको हत्या भएको भनेर यतिबेला अमेरिकाभर प्रदर्शन जारी छ।

यस प्रदर्शनलाई पूर्व राष्ट्रपति बाराक ओबामाले पनि साथ दिएका छन्। ओबामाले परिवर्तनका लागि प्रदर्शन अपरिहार्य भएको बताएका छन्।

यसबीचमा बास्केटबलका पूर्व स्टार जोर्डनले पनि जोर्ज फ्लोएडको घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै रंगभेदी दृष्टिकोण र जातीय विभेद अन्त्य हुनुपर्ने बताएका हुन्।

यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .