समाज


विश्वका ३२ लाख भन्दा धेरैले कोरोनालाई जिते, अहिलेसम्म ३ लाख ९२ हजारको मृत्यु

विश्वका ३२ लाख भन्दा धेरैले कोरोनालाई जिते, अहिलेसम्म ३ लाख ९२ हजारको मृत्यु

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार १:२८,

विश्वभरका ३२ लाख भन्दा धेरैले कारोना भाइरसलाई जितेका छन्। अहिलेसम्म ३ लाख ९२ हजार भन्दा धेरैको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ।

वर्ल्डओमिटरका अनुसार शुक्रबार बिहान ६ बजेसम्म विश्वभर गरेर ३२ लाख २८ हजार ६ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन्। अहिलेसम्म ३ लाख ९२ हजार १ सय २५ जनाले भने संक्रमणको कारण ज्यान गुमाएका छन्।

विश्वभरका अहिलेसम्म ६६ लाख ८९ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये अहिले ३० लाख ६८ हजार २ सय ७३ जना उपचारको क्रममा छन्।

उपचारको क्रममा रहेका धेरैको अवस्था सामान्य छ। उपचारको क्रममा रहेका ५५ हजार ३ सय ७८ जनाको अवस्था मात्रै गम्भीर रहेको वल्र्डओमिटरले जनाएको छ। गएको २४ घण्टामा विश्वभर गरेर ५ हजार ३ सय ३८ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्। यस अवधिमा सबैभन्दा धेरै ब्राजिलमा १ हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन्।

मेक्सिकोमा १ हजार ९२ जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा १ हजार ३१ जनाको मृत्यु भएको छ। बिहीबार भारतमा २ सय ७५ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म संक्रमणबाट ६ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म २ लाख २६ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

बिहीबार मात्रै त्यहाँ ९ हजार ८ सय ८९ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म भारतमा १ लाख ८ हजार ४ सय ५० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

भारतमा संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ। बाँकी संक्रमितको अवस्था सामान्य रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad