सरकारले शुक्रबारबाट विदेशमा रहेका आफ्ना नागरिक फर्काउने भएको छ। विमानस्थलबाट लगेर आफ्नो प्रदेशको जिम्मा लगाइन्जेल सरकारले होल्डिङ सेन्टरमा राख्ने भएको छ।
विदेशबाट आएकालाई विमानस्थलबाट नेपाली सेनाको संयोजनमा साझा यातायतमा होल्डिङ सेन्टरसम्म पुर्याइने छ। त्यसअघि उनीहरुलाई विमानस्थलको नयाँ भवनमा प्रदेशअनुसार छुट्टाछुट्टै राखिने छ। त्यहाँबाट प्रदेश १ र २ कालाई भक्तपुर, बागमती, गण्डकी र प्रदेशं ५ कालाई काठमाडौं तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुरका होल्डिङ सेन्टरमा राखिनेछ।
उनीहरुलाई राख्नका लागि उपत्यकाका तीन जिल्लाका ८ वटा पार्टी प्यालेस तय भएका छन्। ती पार्टी प्यालेसको अनुगमन गरिसकिएको श्रम मन्त्रालयले जनाएको छ।
प्रदेश १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का लागि मध्यपुरठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रुपमा व्यवस्थापन गरेको छ।
वागमती, गण्डकी र प्रदेश नं ५ कालाई धुम्बाराहीको स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्ट्समा राखिने भएको छ।
कर्णाली र सूदुरपश्चिम प्रदेशकालाई ललितपुरमा राखिने भएका छ। उनीहरुलाई राख्नका लागि तीनवटा सेन्टर तय भएका छन्। ठाउँ साँगुरो भएकाले तीन ठाउँमा राख्न लागिएको हो।
उनीहरुलाई धोविघाटको सिद्धार्थ कटेज, मानभवनको डिलाइट पार्टी भेन्यु र ग्वार्कोको मण्डला पार्टी प्यालेसमा राखिने भएको छ।
Shares

प्रतिक्रिया