समाज


१२ दिन क्वारेन्टिनमा बसेर घर फर्केका युवकको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब संकलन गरिँदै

१२ दिन क्वारेन्टिनमा बसेर घर फर्केका युवकको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब संकलन गरिँदै

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ५:५६,

पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ।

पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा बिहीबार बिहान मृत्यु भएको हो। उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए। बुधबार साढे ४ बजे आरडीटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो।

नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिए। स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुंगो लाग्नेछ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो। ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिनका रुपमा बसालिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad