समाज


महोत्तरीमा भप्सी पुल बाढीले बगायाे, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महोत्तरीमा भप्सी पुल बाढीले बगायाे, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालखबर
असार २८, २०७६ शनिबार २:४,

अबिरल वर्षापछि आएको बाढीले महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बगाएको छ।

पूर्वपश्चिम राजमार्गमा अबस्थित पप्सी पुल नै बाढीले बगाएपछि रातिदेखि नै यातायात अबरुद्ध भएको छ।

बाढीले पुलको बीच भाग नै बगाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

यातायात अबरुद्ध हुँदा पूर्वमा बर्दिबास र पश्चिममा गौशाला चोकसम्म सवारी साधनको लाम लागेको छ।

babsi 1 20190713020934

पुल मुनिबाट ड्राइभर्सन बनाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

 बिहीबार बिहान विपत् व्यवस्थापन समिति महोत्तरीको बैठक बसेको छ।

बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सक्रियतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ।

बर्दिवासको १४ नम्बर बडा केही घरमा सडकको पानी पसेको छ भने किसाननगरमा तीन वटा घर भत्किएको बर्दिवास नगरपालिका–७ का अध्यक्ष फागुनी मगरले जानकारी दिए।

बर्दिवास नगरपालिका–१ मा रहेको पानी खोल्सीले राजमार्ग पनि बाढीले भत्काएको छ। त्यहाँका पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन्।

रातिदेखि नै नेपाल टेलिकमका मोबाइलमा सम्पर्क नहुने समस्या देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad