छापा खबर


यस्ता महिलालाई हुन्छ, हृदयाघातकाे बढी खतरा

यस्ता महिलालाई हुन्छ, हृदयाघातकाे बढी खतरा

नेपालखबर
असार २८, २०७६ शनिबार १:५१,

हालै गरिएको एउटा अध्ययनको दाबीअनुसार लामो समयसम्म एन्टिबायोटिक औषधि सेवन गर्ने महिलालाई हृदयाघात वा स्ट्रोक आउने खतरा बढ्छ।

यो अनुसन्धान युरोपियन हर्ट जर्नलमा प्रकाशित छ।

अध्ययनअुनसार ६० वर्ष वा योभन्दा बढी उमेरका महिला जो दुई महिना वा योभन्दा बढी समयसम्म एन्टिबायोटिक औषधि सेवन गर्छन् उनलाई मुटु रोगको खतरा सबभन्दा बढी हुन्छ। यो जानकारी आजको कान्तिपुरमा छापिएको छ।

४० देखि ५९ वर्षसम्मका महिलामा समेत लामाे समयसम्म एन्टिबायोटिकको उपयोगले यस्ताे जोखिम बढ्छ। तर २० देखि ३९ वर्षसम्म उमेरका महिलमा भने याे जाेखिम नदेखिएकाे अनुसन्धानकर्ताहरुकाे भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad