समाज


अस्पतालबाटै नवजात शिशु चोरियो, सुत्केरी आमाको रुवावासी

अस्पतालबाटै नवजात शिशु चोरियो, सुत्केरी आमाको रुवावासी

नेपालखबर
असार २८, २०७६ शनिबार १:४६,

लुम्बिनी मेडिकल कलेजबाट एक शिशु (छोरा) चोरिएको छ।

शुक्रबार मध्याह्न जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको चोरिएको हो।

तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन् । अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन्।

उनीसँगै एकजना अपरिचित महिला सहयोग गर्ने बाहनामा सँगै गएको उनकी आमाको भनाइ छ।

अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बाहना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान भनेकी थिइन्।

छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो।

शिशु हराएपछि सुत्केरी आमाको रुवाबासी भएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad