रंगभेदविरुद्धको आन्दोलन नियन्त्रण बाहिर पुगेको बताइएको छ। आन्दोलनको फाइदा उठाउँदै लुटपाट बढ्नुका साथै प्रहरी र प्रदर्शनकारीबीच झडप हुन थालेपछि अमेरिकाका ४० भन्दा बढी राज्यमहरुमा कर्फ्यू लगाइएको छ।
यद्यपी मंगलबार प्रदर्शनकारी कर्फ्यू तोड्दै प्रदर्शनमा उत्रिएका थिए। फ्लोइडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेका छन्।
तर पनि प्रदर्शनकारीहरू कर्फ्यू तोडेर प्रदर्शनमा सहभागी भएको बीबीसीले जनाएको छ।

मानिसहरुले काला जातिका मानिसको जीवनले पनि अर्थ राख्छ भन्दै नारा लगाइरहेका छन्।
आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि वासिङ्टनमा सुरक्षाका लागि १,६०० सेनालाई विभिन्न सैनिक आधार केन्द्रहरूमा विमानमार्फत ल्याइएको जनाइएको छ।
त्यहाँको रक्षा मन्त्रालयले सेना उच्च सर्तकतामा रहेको बताएका छन्। केही स्थानमा भने प्रहरी र सैनिकहरूले प्रदर्शनकारीसँग ऐक्यबद्धता जनाएर उनीहरूलाई शान्त राखेका थिए।
यसैबीच फ्लोइडको मृत्युलाई लिएर मिनेसोटा राज्यले मिनियापलिसका प्रहरीविरुद्ध मानवअधिकारसम्बन्धी उजुरी दर्ता गरेको छ।

मिनियापलिसका प्रहरीले हथकडी लगाएकै अवस्थामा फ्लोएडको घाँटीमा घुँडाले ८ मिनेटसम्म थिचेका थिए।
सास फेर्न नसक्दा फ्लोएडको मृत्यु भएको थियो। फ्लोएड हत्यामा संलग्न चार प्रहरी बर्खास्त भइसकेका छन्।
यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’
Shares

प्रतिक्रिया