समाज


रुकुम घटनामा वेपत्ता शाहीको शव घटनास्थलभन्दा ३५ किलोमिटर तल भेटियाे

रुकुम घटनामा वेपत्ता शाहीको शव घटनास्थलभन्दा ३५ किलोमिटर तल भेटियाे

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १४:९,

रुकुम घटनामा बेपत्ता छैटौं युवाको शव पनि भेरी नदीमै फेला परेको छ।

११ दिनदेखि वेपत्ता गोबिन्द शाहीको शव मंगलबार दिउँसो भेरी नगरपालिका १२ स्थित खोदाखोला नजिकै नदीमा फेला परेको जाजरकोटका डीएसपी किशाेर श्रेष्ठले बताए।

शाहीको शव स्थानीयले फेला पारेका हुन्। नदीमा शव तैरिरहेको देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेको श्रेष्ठले नेपालखबरलाई बताए।

शाहीसहित ६ जना जेठ १० गते साँझदेखि बेपत्ता थिए। त्यही दिन तीनजनाको शव फेला परेको थियो। अन्य दुईजनाको तेश्रो र चौथो दिन नदीमै शव फेला परेको थियो। 

योसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहितको टोली विवाहका लागि गत शनिबार रुकुम पश्चिमस्थित चौरजहारी ८ सोती पुगेको बेला उनीहरुमाथि स्थानीयले आक्रमण गरेका थिए।

भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव घटना भएकै दिन नदीमा शव फेला परेको थियो भने बुधबार दिउँसो भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र बिहीबार सन्दीप विकको शव फेला परेको थियो।

रुकुम घटना : पोष्टमार्टम रिपोर्टले भन्यो- पाँचै युवाको मृत्यु कुटपिटबाट

रुकुम हत्याकाण्ड : स्थानीयले भेटे अर्का युवाको शव, दुई जना अझै बेपत्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad