समाज


डब्लूएचओको चेतावनी बाबजुद अमेरिकाले ब्राजिल पठायो हाइड्रोक्सीक्लोरोक्वीन औषधि

डब्लूएचओको चेतावनी बाबजुद अमेरिकाले ब्राजिल पठायो हाइड्रोक्सीक्लोरोक्वीन औषधि

नेपालखबर
जेठ १९, २०७७ सोमबार १२:४०,

अमेरिकाले कोरोना भाइरसको औषधिको रुपमा प्रयोग गर्न २० लाख डोज हाइड्रोक्सीक्लोरोक्वीन पठाएको द इनडिपेन्डेन्टले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवातदेखि लुपस र मलेरियाविरुद्ध प्रयोग हुने यस औषधिलाई प्रयोग गर्न सिफारिस गरिरहेका छन्।

तर अमेरिकी वैज्ञानिकहरुले नै ट्रम्पले सिफारिस गरेको यस औषधि प्राण घातक भएको बताइरहेका छन्। यस औषधिको प्रयोगबाट केही कोरोना मुक्त भएपनि धेरैले ज्यान गुमाइसकेका छन्।

यसबीचमा गतहप्ता मात्र डब्लूएचओले हाइड्रोक्सीक्लोरोक्वीन औषधि प्रयोग नगर्न र कोरोना संक्रमितमा परीक्षण नगर्न चेतावनी दिइसकेको छ।

US FDA warns against use of hydroxychloroquine to treat COVID-19 ...

विज्ञहरुको चेनावनी बाबजुद अमेरिकाले ब्राजिलमा यस औषधि पठाएको हो। अमेरिका र ब्राजिल हाल कोरोना भाइरसले सबैभन्दा बढी ग्रस्त बनेका राष्ट्रहरु हुन्।

अमेरिका सबैभन्दा प्रभावित राष्ट्रको शीर्ष सूचीमा छ भने ब्राजिल दोस्रो स्थानमा छ।

अमेरिकामा हालसम्म १८ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ब्राजिलमा ५ लाखभन्दा बढीमा कोरोना देखिएको छ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मित्र मानिन्छन्।

यी दुवै नेताको देशमा कोरोना नियन्त्रण गर्न नसकेकोमा चर्को आलोचना हुने गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad