राजनीति


संघीयता खारेज गर्न राजमोले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

संघीयता खारेज गर्न राजमोले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

नेपालखबर
जेठ १९, २०७७ सोमबार १२:४३,

राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने जनाएको छ।

सरकारले नेपालको नयाँ नक्सा अनुसार निशानछाप परिवर्तनका लागि प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्दै राजमोले संघीयता खारेजीका लागि पार्टीको तर्फबाट संशोधन प्रस्ताव गर्ने जनाएको हो।

सोमबार विज्ञप्ति जारी गरी अध्यक्ष केसीले निशानछापबारेको संशोधन प्रस्ताव पेश भएका बेला अन्य विषयमा संविधान संशोधन गर्न खोजेर मूल विषयबाट ध्यान अन्यत्र हटाउन नहुने बताएका छन्।

‘तर, अन्य कुनै पक्षले संविधानमा संशोधनसम्बन्धी कुनै प्रस्ताव ल्याएमा हामीले पनि संघीयताको खारेजसम्बन्धी आफ्नो संशोधन प्रस्तावलाई तत्काल नै प्रस्तुत गर्नेछौं’ केसीले स्पष्ट पारेका छन्।

केसीले विज्ञप्ति प्रकाशित गरेको केहीबेरमै सोमबार मधेशवादी दलहरु राजपा र समाजवादी दलले आफ्ना एजेण्डा संविधानमा समेटिनुपर्ने भन्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन्।

राजपा र समाजवादी पार्टीका नेताहरुको संविधान संशोधन विधेयक संसदमा दर्ता

केही दिन अघि प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलीय बैठकमा पनि केसीले निशानछाप परिमार्जनका लागि गरिने संविधान संशाेधनका क्रममा अन्य बिषय घुसाउन नहुने बताएका थिए। तर अन्य पक्षले संशाेधन प्रस्ताव ल्याए आफ्नाे दलले पनि संघीयता खारेजीकाे प्रस्ताव ल्याउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad