नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।
दैलेखस्थित दुल्लु नगरपालिकाका एक ३५ वर्षीय पुरुषको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन्।
आइतबार राती बिहानपख बाजुराकी २ वर्षीय बालिकाको कोरोनाकै कारण मृत्यु भएको थियो।
भारतबाट आफ्ना बुवा आमासहित आठ दिनअघि नेपाल आएकी ती दुई वर्षीय बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि बाजुरा जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखि उपचार गर्दागर्दै मृत्यु भएको डा. देवकोटाले बताए।
याे पनि:
बाजुरामा कोरोनाबाट बालिकाको मृत्यु, आमामा पनि संक्रमण
प्रतिक्रिया