ad ad

समाज


पछिल्लो २४ घण्टामा थप १६६ मा कोरोना पुष्टि, संक्रमितको संख्या १५ सय ६७ पुग्यो

पछिल्लो २४ घण्टामा थप १६६ मा कोरोना पुष्टि, संक्रमितको संख्या १५ सय ६७ पुग्यो

नेपालखबर
जेठ १८, २०७७ आइतबार १०:४१,

आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार थप १६६ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा संक्रमितको संख्या १५ सय ६७ पुगेको छ भने २२० जना उपचारपछि निको भएर घर फर्केका छन्।

आइतबार बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र संक्रमित पुष्टि भएकामा पोखरामा ३ जना, स्याङ्जाका दुई, तनहुँका एक पर्सा सुगौलीका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ।

त्यस्तै जुम्लामा गरिएको परीक्षणमा ३७ जना पोजिटिभ देखिएको छ। जसमा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना रहेका छन्।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २५ र सुर्खेत १, धुलिखेलमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

 भेरी अस्पतालमा गरीएको परीक्षणमा बाँकेका ८ जना, धरानमा गरिएको परीक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ जना तथा बाजुराका २ जना, कोशी अस्पतालमा झापाका ४, मोरङका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषा, कपिलवस्तु, रौतहट र सर्लाहीका ६४ जनाको रिपोर्ट पोजिटिभ आएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .