ad ad

समाज


भारतमा कोरोना : मृतककाे संख्या ५ हजार नाघ्यो, १ लाख ८१ हजार संक्रमित

भारतमा कोरोना : मृतककाे संख्या ५ हजार नाघ्यो, १ लाख ८१ हजार संक्रमित

नेपालखबर
जेठ १८, २०७७ आइतबार ०:५०,

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भारतमा पाँच हजार नाघेको छ।

शनिबार भारतमा दुई सय पाँच जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या पाँच हजार एक सय ८५ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

भारतमा शुक्रबार संक्रमणबाट २ सय ६९ जनाले ज्यान गुमाएका थिए। शुक्रबार त्यहाँ आठ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो। भारमा लकडाउन केही खुकुला हुन थालेसँगै कोरोनाको संक्रमण र मृत्युदर वढ्न थालेको छ।

अहिलेसम्म भारतमा १ लाख ८१ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार एकै दिन त्यहाँ ८ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ। अहिलेसम्म भारतमा ८६ हजार ९ सय ३६ जना संक्रमित उपचारपछि निको भएका छन्।

विश्वभर कोरोना संक्रमणको कारण ३ लाख ७० हजार ५ सयको मृत्यु भइसकेको छ। गएको २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ४ हजार ७८ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर १ लाख २३ हजार ८८२ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ६१ लाख ५० हजार २ सय ६२ पुगेको छ। यो तथ्यांक आइतबार बिहान ६ बजेसम्मको हो।

संक्रमितमध्ये अहिलेसम्म विश्वभर गरेर २७ लाख २९ हजार ९ सय ५५ जना उपचारपछि निको भएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .