ad ad

समाज


चीनले भन्योः कोरोनाविरुद्धको खोप ६ महिनापछि बजारमा आउन सक्छ

चीनले भन्योः कोरोनाविरुद्धको खोप ६ महिनापछि बजारमा आउन सक्छ

नेपालखबर
जेठ १८, २०७७ आइतबार ०:५५,

चीनले आफूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप यो वर्ष (सन् २०२०) को अन्तिमसम्म बजारमा आउने सम्भावना रहेको दाबी गरेको छ।

चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसनले शनिबार सामाजिक सञ्जाल विच्याटमार्फत चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउन सक्ने जानकारी दिएको हो ।

उसका अनुसार वुहान इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्सले खाेप बनाएकाे हाे। जुन खोप २ हजार जनामा परीक्षण गरिसकिएको बीबीसी हिन्दीकाे समाचारमा उल्लेख छ। 

खोप दोस्रो चरणको परीक्षणमा गइसकेको चीनले जनाएको छ। विच्याटमा भनिएकाे छ- उक्त खोप यो वर्षको अन्त्य तथा अर्काे वर्षको सुरुमै बजारमा आउन सक्छ।

याे भनेकाे यही सन् २०२० काे अन्त्यमा हाे। आज मे ३१ भइसकेको छ। यस हिसाबले अब अन्तिम महिना डिसेम्बर आउन ६ महिना मात्र बाँकी छ। 

चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पाेस्टले पनि काेराेनाविरुद्धकाे खाेप उत्पादनका लागि चीनले फास्ट ट्रयाक (छिटो बाटो) अपनाइरहेकाे उल्लेख गरेकाे छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .