ad ad

समाज


सप्तरीमा क्वारेन्टिनको सुरक्षामा खटिएका प्रहरी कुटिए

सप्तरीमा क्वारेन्टिनको सुरक्षामा खटिएका प्रहरी कुटिए

नेपालखबर
जेठ १७, २०७७ शनिबार १३:२२,

क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट शनिबार कुटिएका छन्।

क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ। कुटपिटबाट घाइते प्रहरी साहको दाहिने घुँडाको माथिल्लो भाग (पटेला) फुस्किएको र अनुहार सुन्निएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर गुप्ताले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपमा प्राथमिक उपचारपछि घाइते साहलाई उपचारका लागि कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल भर्ना गरिएको छ। कोभिड–१९ को संक्रमण फैलिनबाट रोक्न एकान्तबासका लागि बनाइएको क्वारेन्टिनमा भारतलगायत बाहिरबाट आएकालाई सुरक्षित राखिए पनि परिवारका सदस्य र गाउँले आएर अनावश्यक भिडभाड गर्ने गरेका प्रहरीको गुनासो छ।

क्वारेन्टिनमा बसेकालाई भेटघाट गर्न आएका मानिस टाँसिएर कुराकानी गरिरहेका देखि दूरी कायम राखी अलग्गै बस्न भनेकामा क्वारेन्टिनमा बसेका र उनलाई भेट्न आएका मिलेर बाँसको लाठीले समेत कुटपिट गरेको घाइते साहले बताए।

ज्यान जोखिममा राखेर जनताको सेवामा खटिएका सुरक्षाकर्मीमाथि नै भएको कुटपिटको घटना निन्दनीय भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए। कुटपिटमा संलग्नमध्ये बाहिरबाट आएका एक जना आरोपितलाई पक्राउ गरिएको उनले बताए। क्वारेन्टिनमा रहेका आरोपित हाल क्वारेन्टिनमै प्रहरी निगरानीमा रहेका प्रहरीले जनाएको छ। उक्त क्वारेन्टिननमा हाल ३१ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .