राजनीति


ट्रम्पले गरे डब्लूएचओसँग सम्बन्ध अन्त्य भएको घोषणा, चीनलाई लगाए गम्भीर आराेप

ट्रम्पले गरे डब्लूएचओसँग सम्बन्ध अन्त्य भएको घोषणा, चीनलाई लगाए गम्भीर आराेप

नेपालखबर
जेठ १७, २०७७ शनिबार १:१२,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध अन्त्य गरेकाे घोषणा गरेका छन्।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्लूएचओ, चीनको कठपुतली बनेको आरोप लगाउँदै यसैकारण ऊसँगको सम्बन्ध आजैदेखि अन्त्य गरिएको घोषणा गरेका हुन्।

‘हामीले डब्ल्यूएचओको व्यापक सुधारका लागि अनुरोध गरेका थियौं तर त्यसो गर्न असफल भयौं,’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने, ‘आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं।’

डब्लूएचओका लागि अमेरिकाले खडा गरेको कोषको रकम अब विश्वका अन्य जनस्वास्थ्य क्षेत्रमा लगानी गर्ने ट्रम्पले बताएका छन्।

उनले भने, ‘डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, अमेरिकाले भन्दा चीनले एकदमै कम अनुदान दिने भए पनि।’

अमेरिका डब्ल्यूएचओको स्थापनाकालदेखिकै सबैभन्दा ठूलो दाता हो। उसले डब्ल्यूएचओलाई हरेक वर्ष ४५ करोड डलर आर्थिक सहयोग गर्ने गरेकाे थियाे। डब्ल्यूएचओको स्थापना सन् १९४८ मा भएको हो।

यसअघि उनले डब्लूएचओलाई आफ्नो व्यवहार सुधारका लागि एक महिनाको अल्टिमेटम दिएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरसको संक्रमण सुरु हुनेबित्तिकै सूचना नदिएको आरोप लगाएका छन्।

उनले भने, ‘चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरससम्बन्धी जानकारीबाट पूरै विश्वलाई वञ्चित गर्‍याे।’

अहिले विश्वमा कोरोनबाट सबैभन्दा पीडित अमेरिका बनेको छ। त्यहाँ कोरोना संक्रमणका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

सुरुदेखि नै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले सुरुमै जानकारी नदिएकाले कोरोना विश्वभर फैलिएको आरोप लगाइरहेका छन् भने डब्लूएचओ पनि उसैसँगै मिलेको दाबी गरिरहेका छन्।

शुक्रबारको पत्रकार सम्मेलनमा ट्रम्पले हङकङका विषयमा समेत चीनविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन्। चीनले ल्याएको नयाँ सुरक्षा कानुन दुःखद रहेको उनकाे आरोप छ। 

चीनले गत हप्ता घोषणा गरेको सुरक्षासम्बन्धी नयाँ कानुनकाे हङकङमा प्रजातन्त्र पक्षधर आन्दोलनमा उत्रिएका छन्। बीबीसीकाे सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad