समाज


रुकुम घटनाका दाेषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

रुकुम घटनाका दाेषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ८:४४,

रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध प्रदर्शन गरेको छ।

रकुममा भएको अमानवीय घटना लगायत देशभरी दलित समूदायमाथि भएका घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो। संघले काठमाडौंमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ। संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताए।

यति ठूलो घटना हुँदा पनि राज्य अध्याँरोमा मौन बसेकाले क्यान्डिल बालेर विरोध प्रदर्शन गरिएको उनले बताए। जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारवाही गरी कम्तिमा पनि देशको नागरिक भएर बाँच्न पाउनुपर्छ भनेर ऐक्यवद्धता जनाउन देशभरी विरोधका कार्यक्रम गरिएको उनले बताए।

रुकमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको छ। घटनाको प्रतिकारात्मक रुपमा प्रदर्शनमा सहभागिमध्ये ५ जनाले सेतो कपडा बेरेका छन्। पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरुलाई शहिद घोषणा गर्नुपर्ने माग उनीहरुले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .