समाज


मोरङमा आमाको हत्या गरी छोराले गरे आत्महत्या

मोरङमा आमाको हत्या गरी छोराले गरे आत्महत्या

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ८:३२,

मोरङकाे बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन्।

निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो। आमाको मृतयुपछि ती युवाले आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाइते भएकामा नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।

प्रहरीले घटनाका सम्बनधमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .