समाज


प्रसुति अस्पतालमा ४ सय १५ सैय्याकाे नयाँ भवन

प्रसुति अस्पतालमा ४ सय १५ सैय्याकाे नयाँ भवन

नेपालखबर
असार २७, २०७६ शुक्रबार ९:३,

सरकारले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पार्किङको लागि छुट्टै जग्गाको व्यवस्था गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सो अस्पतालमा पार्किङको समस्या रहेको उल्लेख गर्दै समाधानका लागि नजिकै रहेको जग्गा उपलब्ध गराईदिने घोषणा गरेका हुन्। शुक्रबार पुनर्निर्माण गरिएको सो अस्पताल भवनको एक कार्यक्रमका बीच उद्घाटन गर्दै उनले पार्किङलगायतका अस्पतालका अन्य समस्या पनि सरकारले छिट्टै समाधान गरिदिने प्रतिवद्धता व्यक्त गरे। प्रधानमन्त्री ओलीले सो अस्पतालको पुनर्निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग पुर्याएको जापान सरकारप्रति पनि आभार व्यक्त गरे।

प्रधानमन्त्री ओलीले स्त्री रोग तथा प्रसुतिको क्षेत्रमा सो अस्पतालले पुर्याएको सेवाको पनि खुलेर प्रशंशा गरे। कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौं बाहिर पनि प्रसुति सम्बन्धी अत्याधुनिक अस्पताल स्थापना गर्ने योजना तय गरिएको जानकारी दिए।

उनले देशका विभिन्न भागमा रहेका ५ वटा उपक्षेत्रीय अस्पतालहरुलाई विशिष्ट सेवासहितको अस्पतालको रुपमा विकास गर्ने सरकारले नीति रहेको पनि स्मरण गराए। प्रदेश मातहत रहने ती अस्पतालहरुले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उनको भनाई छ।

२०७२ सालमा भूकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको सो अस्पतालको भवनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। पुनर्निर्मित सो भवनमा ४ सय १५ शैयाको व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad