अविरल वर्षापछि धादिङका दुई स्थानमा लेदो सडकमा खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपलिकामा वडा नम्बर १० स्थित जवाङ खोलामा लोदे खस्दा दिउँसो १२ बजेदेखि सडक अवरुद्ध भएको छ।
‘दुवैतर्फ सयौं गाडी रोकिएको छन्,’ एक स्थानीयले भने, ‘एउटा जेसीबीले पन्छाउने काम भइरहेको छ। निरन्तरको वर्षाको कारण लेदो झर्ने काम रोकिएको छ। तर सडक खुल्न केही घण्टा लाग्ने देखिएको छ ।’
त्यसैगरी गल्छी गाउँपालिकाको बैरेनीमा पनि लेदो खस्न सुरु भएको सुरक्षा निकायले जनाएको छ। ‘एउटा जेसीबीले लेदो पन्छाउन प्रयोग भइरहेको छ’, एक प्रत्यक्षदर्शीले बताए। बैरेनीमा यसअघि पनि लेदो खसेर सडक अवरुद्ध हुँदै आएको छ। धादिङमा बिहान ११ बजेदेखि निरन्तर रुपमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया