समाज


आजमात्रै १५६ जनामा कोरोना संक्रमण

आजमात्रै १५६ जनामा कोरोना संक्रमण

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ८:४३,

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण भेटिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार(आज) देशभर थप १५६ जनामा संक्रमण देखिएको जनाएको हो।

यो एकैदिन नेपालमा देखिएको सबैभन्दा बढी संक्रमित संख्या हो। यसअघि बुधबार ११४ जनामा कोरोना संक्रमण भेटिएको थियो। 

योसँगै नेपालमा कुल संक्रमितको संख्या १०४२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ३२ र ४७ वर्षका २ जना पुरुषमा संक्रमण भेटिएको छ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका २५ जना पोजिटिभ देखिएका छन। उनीहरु १६ देखि ४२ वर्षका उमेरका छन।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुलका एकजना १९ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनाको पोजिटिभ आएको छ। उनीहरु धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखम्बुका १ जना छन्।

यस्तै सुर्खेतको प्रयोगशालामा गरीएको परीक्षणमा २३ जना संक्रमित भेटिएका छन्। बझाङको एक जना, सुर्खेतका १३ जना, एकजना बोल्न नसक्ने महिला, दैलेखका ८ जना छन्।

प्रादेशिक प्रयोगशाला गण्डकीमा गरीएको परीक्षणमा स्याङ्जाका ३ जनाको पोजिटिभ आएको छ। सेती अस्पतालमा गरिएको प्रयोगशालामा दार्चुलाका एक र कैलालीका दुई गरि तीनजनाको रिपोर्ट पोजिटिभ आएको छ।

यस्तै किटजन्य प्रयोगशाला हेटौडामा हेटौडाकै एकजना, भेरी अस्पतालमा ४ जनामा पोजिटिभ देखिएको छ। उनीहरु बर्दियाका ३ र नेपालगञ्जका एक जना छन।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा पोजिटिभ आएको छ।

नेपालमा १८७ जना कोरोना संक्रमणबाट निको भइसकेका छन्। जसमा पुरुषहरु १४४ र महिला ४३ जना छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad