ad ad

समाज


तीन महिना नपुग्दै स्वास्थ्य सचिव कोइरालाको सरुवा

तीन महिना नपुग्दै स्वास्थ्य सचिव कोइरालाको सरुवा

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ६:५२,

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्रीको कार्यालयमा तानेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेर उनको ठाउँमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

‘मन्त्रिपरिषदले स्वास्थ्य सचिव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तान्ने निर्णय गरेको छ’, स्रोतले नेपालखबरसँग भन्यो।

सचिव कोइरालालाई फागुन १८ मा स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको थियो। स्वास्थ्य मन्त्रालयमा आएसँगै सचिव कोइराला विवादमा फस्दै आएका थिए। स्वास्थ्यमा आएको तीन महिना नपुग्दै उनको सरुवा गरिएको हो।

उनको ठाउँमा आएका सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .