सप्तरीको छिन्नमस्ता गाँउपालिका ६ स्थित बखडिबाट सशस्त्र प्रहरी टोलीले विभिन्न किसिमका लागु औषध बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले डाईलेक्स डिसी तीन सय बोतल, नाईट्रोसन ट्याब्लेट ८ पत्ता र स्पास्मो २३ पत्ता बरामद गरेको हो।
च २ प ८३९३ नम्बरको मोटरसाइकलमा सवार व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै मोटरसाइकल सोही ठाउँमा छाडि फरार भएपछि उक्त मोटरसाइकलमा जाँच गर्दा उल्लेखित लागुऔषध फेला पारी बरामद गरिएको हो। एपीएफ टोलीले उक्त मोटरसाइकल समेत बरामद गरेको छ। बरामद लागूऔषध तथा मोटरसाइकल स्थानीय प्रहरीमा बुझाइएको छ।
सालको गोलिया काठ बरामद
यता, सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ बाट जेठ १३ गते एपीएफ टोली र स्थानीय वन कार्यालयको टोलीले करीब एक लाख ४८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ।
वनमा लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित मूल्य बराबरको एक सय ४८ क्युफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चतराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर बस्नेतको कमाण्डमा खटिएको एपीएफ टोली र सब डिभिजन वन कार्यालय चतराबाट खटिएको टोलीले बरामद गरेको हो। बरामद काठ सब डिभिजन वन कार्यालय चतरामा बुझाईएको छ।

प्रतिक्रिया