ad ad

समाज


सलहबाट संभावित समस्या सामना गर्न कृषि मन्त्रालयद्वारा समिति गठन

सलहबाट संभावित समस्या सामना गर्न कृषि मन्त्रालयद्वारा समिति गठन

नेपालखबर
जेठ १४, २०७७ बुधबार ७:१,

कृषि तथा पशुपंक्षी मन्त्रालयले नेपालमा सलह आउन सक्ने भन्दै प्रदेश तथा जिल्ला तथा अन्य सम्बन्धित निकायहरुलाई सतर्क रहन निर्देशन दिएकाे छ।

मन्त्रालयका सचिव राजेन्द्र भारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले सुदूर पश्चिमबाट सलह नाउँको फट्याङग्रा प्रजातिको किराको बथान नेपाल प्रवेश गर्ने संभावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो।

त्यसैगरी बैठकले संभावित क्षतिलाई न्युनिकरण गर्ने कार्ययोजना तयार गर्न प्राविधिक समिति गठन गरेको छ।

सलहको संभावित प्रकोप तथा पूर्वतयारीका लागि बैठकले प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको हो।

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा पनि सलहले बालीनालीमा ठूलो क्षति पु¥याइ सकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

‘किरा व्यवस्थापनका लागि विषादीको मौज्दात, आयात गर्नुपर्ने भए तयारी आदिको बारेमा आयातकर्तासँग समन्वय गर्न प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रलाई जिम्मेवारी दिने निर्णय भएको छ,’ मन्त्रालयले जनाएको छ ।

पूर्व अफ्रिकी देशबाट सुरु भएको सलहको प्रकोपले विभिन्न देशमा ठूलो परिणाममा वालीनालीमा क्षति पुर्‍याएको छ। अफ्रिकी देशहरुपछि मध्यपूर्वका देशहरुमा यसले ठूलो क्षति पुर्‍याएको थियो।

‘सलहको प्राविधिक तथा जैविक पक्षको अध्ययन तथा नेपाल प्रवेश गरी गर्नसक्ने क्षति र पूर्व तयारीको बारेमा योजना बनाउन प्राविधिक समिति गठन गरिएको हो,’ कृषिमन्त्रीका स्वकीय सचिव शालिकराम भण्डारीले बताए।

याे पनि: 
नेपाल फेरि सलहको जोखिममा, अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .