ad ad

समाज


भारतबाट आइरहेका एक युवकको धनुषा नाकामा मृत्यु, भोकले मरेको भन्दै विराेध प्रदर्शन

भारतबाट आइरहेका एक युवकको धनुषा नाकामा मृत्यु, भोकले मरेको भन्दै विराेध प्रदर्शन

शैलेन्द्र महतो
जेठ १४, २०७७ बुधबार ५:२४,

भारतबाट आफ्नो घर धनुषातर्फ आइरहेका एक युवकको आज (बुधबार) बिहान जटही नाकामा मृत्यु भएको छ।

भातरबाट ट्रकमा कोचेर सीमासम्म छाडिएका ती युवक धनुषाकै सहिद नगरपालिकाका हुन्। 

उनीसहित करिब २ सय नेपालीलाई भारत सरकारले एउटा ट्रकमा कोचाकोच गरेर जटही बोर्डरमा छाडिदिएको त्यहाँ आइपुगेको नेपालीले बताएका छन्। 

बुधबार बिहान चाउचाउ/चिउरा खाएपछि बान्ता भएको र साढे ७ बजेतिर एक्कासि ती युवकको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

भारतमा मजदुरी गर्ने उनी ६ दिनदेखि भोको भएको र सोही कारण उनको मृत्यु भएको उनीसँगै आएका नेपालीले दाबी गरेका छन्। उनीहरुले केहीबेर स्थानीय प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए।  

ती युवकको शव अहिले नाकामै छ। उनको स्वाब लिने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नेपालखबरलाई जानकारी दिए। कोरोना परीक्षणका लागि उनको स्वाब जनकपुरस्थित प्रयोगशाला पठाइने उनले बताए। 

उनीसँगै भारतबाट आएका २ सयभन्दा बढी नेपालीलाई भने बस व्यवस्था गरी सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .