ad ad

समाज


सुर्खेतमा भारतबाट फर्किएका युवकको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब लिइयो

सुर्खेतमा भारतबाट फर्किएका युवकको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब लिइयो

नेपालखबर
जेठ १४, २०७७ बुधबार ६:२,

भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राति मृत्यु भएको छ।

सुर्खेतको चिंगाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो।

मंगलबार नेपालगञ्जबाट चिंगाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो।

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताए।

‘राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ’, डा पौडेलले भने।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब संकलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिए।

आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .