दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डमाथि १-० को जित निकाल्दै वार्यन म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलको उपाधि यात्रा सहज बनाएको छ।
जोसुवा किमेचले पहिलो हाफको अन्त्यमा २० यार्ड टाढाबाट गरेको गोल नै खेलमा निर्णायक बनेको थियो। त्यसपछि दुबै टिमबाट कुनै गोल भएन।
जितसँगै वार्यनले डर्टमुन्डमाथि ७ अंकको अग्रता लिएको छ। २८ खेलबाट ६४ अंकसहित वार्यन शीर्षमा हुँदा त्यतिनै खेलबाट डर्टमुन्ड ५७ अंकसहित दोस्रो स्थानमा छ।
लिगामा अब ६ खेल बाँकी छन्।
प्रतिक्रिया