अन्तरजातीय प्रेम विवाह गर्न खोजेको निहुँमा नवराज विकलगायत युवाको हत्या गरिएको विरोधमा उनको जिल्ला जाजरकोटमा न्यायको माग गर्दै विरोध प्रदर्शन जारी छ।
मल्ल थरकी प्रेमिकाकै अनुरोधमा उनलाई भगाउन १९ जनासाथीसहित शनिबार अपराह्नतिर रुकुम पश्चिमको चौरजहारी पुगेका जाजरकोटको भेरी नगरपािलका-४, रानागाउँका २१ वर्षीय नवराज विकको मात्र हत्या भएन, उनका दुई साथीसमेत मारिएका छन्। अझै तीन जना भेरी नदीमा हराइरहेका छन्।
यही घटनाको विरोधमा साेमबार जाजरकोटका स्थानीय र अधिकारकर्मीले व्यापक विरोध प्रदर्शन गरेका हुन्।
‘हत्याराको खोजी गर, हत्यारालाई फासी दे, पीडक परिवारलाई न्याय दे’नारा लगाउँदै जाजरकोटको खलंगामा उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन जाजरकोट जिल्ला प्रहरी कार्यालयअगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
हेर्नुहोस्, त्यसको भिडियोः
Shares

प्रतिक्रिया