सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मंगलबार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्याक्टर सोमबार साँभm आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्याक्टरमा सवार स्थानीयवासी ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।
घाइते भएका उनलाई उपचारका लागि सिरहाको लहानस्थित त्रिशक्ति अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु भएका चौधरी ट्याक्टर चालक हरि चौधरीका बुवा रहेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै हिजो पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित जन्डोलमा सवारी साधनको ठक्करबाट नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पहिचान खुल्न नसकेका अन्दाजी १९ वर्षीय एक युवकको मृत्यु भएको थियो। कालो जिन्स पाइन्ट, सेतो फुल बाहुला भएको सर्ट लगाएका र उचाइ पाँच फिट तीन इन्च तथा शरीर पातलो कालो वर्ण हेर्दा तराईवासीजस्तोे देखिने युवकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया