हङकङ अब्जर्भेटरीले बिहीबार आँधीको १ नम्बर (टी१) संकेत जारी गर्ने भएको छ।
बुधबार हङकङबाट ८ सय किलोमिटरको दूरीमा रहेको आँधी बिहीबार ४ सय किलोमिटरसम्म आइपुग्ने अनुमान लगाउँदै अब्जर्भेटरीले संकेत जारी गर्ने तयारी गरेको हो। हङकङमा यो यस वर्षको पहिलो आँधी हुनेछ।
आँधीको प्रभावले शुक्रबार जोडले हावा चल्ने र मौसम अस्थिर रहने समेत अब्जर्भेटरीले जनाएको छ। साथै, आँधी आउने पनि भनेको छ।
केही क्षेत्रमा भारी वर्षासँगै हुरीबताससहित चल्ने र यसले सहरको अग्लो भूभभागमा बढी असर गर्ने अब्जर्भेटरीको सूचनामा भनिएको छ।
27
Shares

प्रतिक्रिया