समाज


राशिफल १६ असार: मेषले रोकिएको रकम प्राप्त गर्ने, धनुको गोप्य प्रयास सफल हुने, तपाईँको के?

राशिफल १६ असार: मेषले रोकिएको रकम प्राप्त गर्ने, धनुको गोप्य प्रयास सफल हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असार १६, २०८३ मंगलबार ४:९, काठमाडौँ

मङ्‌गलबार, १६ असार २०८३ (३० जुन २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: रोकिएका कार्यले गति लिनेछन् र नयाँ अवसर प्राप्त हुने सम्भावना छ। एकपछि अर्को सफलता मिल्दा मन उत्साहित रहनेछ। आम्दानीमा वृद्धि हुनुका साथै रोकिएको रकम प्राप्त हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७५, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष: सरकारी निकायबाट सजाय वा जरिवानाको सम्भावना रहेकाले सचेत रहनुहोला। यात्रा गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ। सामान हराउने वा चोरी हुने सम्भावना भएकाले सजग रहनु उपयुक्त हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ४९, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: लामो समयदेखि अधुरा रहेका काम पूरा हुने सम्भावना छ। विवेकपूर्ण निर्णयले दिनलाई अझ उपलब्धिमूलक बनाउनेछ। धार्मिक यात्राको योजना बन्न सक्छ। नजिकका व्यक्तिको सहयोगले रोकिएका कामले गति लिनेछन्।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७४, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: स्थान परिवर्तन वा टाढाको यात्राको सम्भावना देखिन्छ। प्रेम सम्बन्ध सुखद रहनेछ। बोलीको प्रभाव बढ्नेछ र मनमा उत्साह छाउनेछ। वैदेशिक कार्यमा सकारात्मक प्रगति हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् विष्णुको स्मरण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: शुभचिन्तकको साथ र समर्थन प्राप्त हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। अधुरा काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। उच्च पदस्थ व्यक्तिबाट तपाईँको मेहनतको प्रशंसा हुनेछ। वाचा गर्दा भने संयम अपनाउनु उचित हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६१, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या: केही कारणले मन अशान्त र बेचैन रहन सक्छ। शरीरमा ऊर्जा कम महसुस हुनेछ। बोलेका कुरा गलत रूपमा बुझिने सम्भावना छ। यद्यपि नयाँ योजना बनाउने अवसर पनि मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

तुला: काम गर्ने उत्साह र आत्मविश्वास बढ्नेछ। व्यवसायमा उल्लेखनीय प्रगति गर्ने अवसर मिल्नेछ। मनमा शान्ति र सन्तुष्टि छाउनेछ। वैदेशिक लगानी लाभदायी बन्न सक्छ। विपरीत लिङ्गप्रति आकर्षण बढ्ने संकेत छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६२, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृश्चिक: धार्मिक तथा समाजसेवामूलक कार्यमा रुचि बढ्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ सुदृढ हुनेछ। आँटेका काम सफल हुनेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय प्राप्त हुने सम्भावना छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

धनु: न्यायिक तथा राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। सामान्य स्वास्थ्य समस्याले भने केही असहज बनाउन सक्छ। प्रेम सम्बन्ध सन्तुलित रहनेछ। गोप्य प्रयास सफल हुने संकेत देखिन्छ। आर्थिक समस्या केही हदसम्म समाधान हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६६, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मकर: दिन अपेक्षाकृत चुनौतीपूर्ण देखिन्छ। धैर्य र संयम अपनाउनु आवश्यक हुनेछ। जिम्मेवारी बढे पनि अपेक्षित सहयोग प्राप्त नहुन सक्छ। काममा केही ढिलाइ हुन सक्छ। साँझतिर मनपर्ने व्यक्तिसँग भेटघाटले राहत दिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: कार्यक्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्नेछ। अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। व्यवसायका लागि यात्रा हुन सक्छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६६, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

मीन: धर्मकर्म तथा समाजसेवामा रुचि बढ्नेछ। खर्चभन्दा आम्दानी बलियो रहनेछ। रोकिएका काम फेरि अघि बढ्नेछन्। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। भौतिक सुविधा बढाउने वस्तु खरिद गर्ने अवसर प्राप्त हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad