समाज


भारतमा लगातार कोरोनाको नयाँ रेकर्ड, एकैदिन ६ हजार ९ सय संक्रमित थपिए

भारतमा लगातार  कोरोनाको नयाँ  रेकर्ड, एकैदिन ६ हजार ९ सय संक्रमित थपिए

नेपालखबर
जेठ १२, २०७७ सोमबार ९:७,

त्यहाँ गएको २४ घण्टामा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन्।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन्।

भारतमा लगातार तीन दिनयता कोरोना संक्रमित ६ हजारको दरमा बढी रहेका छन्।

शनिबार ६ हजार ६५४ नयाँ कोरोना संक्रमित थपिएका थिए भने हिजो आइतबार ६ हजार ७ सयको संख्यामा कोरोना संक्रमित थपिएका थिए।

शनिबार र आइतबार थपिएका कोरोना संक्रमितको संख्या सो अवधिको सर्वाधिक थियो। तर आज सोमबार थपिएका कोरोना संक्रमित शनिबार र आइतबारको संख्या भन्दा बढी हो।

यससँगै भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ३८ हजार ८४५ पुगेको छ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १५४ जनाको मृत्यु भएको छ। यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार २१ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन्।

भारतले लकडाउन खुकुलो बनाउँदै जाँदा त्यहाँ तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको हो।

भारतले सोमबारबाट आन्तरिक उडान खुलाएको छ भने आगामी दश दिन भित्र २ हजारभन्दा बढी रेल संचालन गर्दैछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad