थुक आक्रमणको घटनामा त्यहाँका प्रहरीहरु निशानामा परेको बीबीसीले जनाएको छ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले थुक तथा र्यालजन्य पदार्थबाट कोरोना भाइरस चाँडो सर्ने बताएको छ।
प्रहरीमाथि थुक आक्रमणको घटना बढेपछि यतिबेला त्यहाँ यस्ता घटनामा संलग्न हुने मानिसलाई नियन्त्रणमा लिन प्रहरीले विशेष रणनीति बनाएको छ।
पहिले पनि प्रहरीमाथि थुक आक्रमण गरेर दुव्र्यवहार हुने गरेको थियो।
तर कोरोना प्रकोपका बेला इंगल्यान्ड र वेल्समा गतवर्षको भन्दा १४ प्रतिशतले थुक आक्रमणको घटना बढेको नेसनल पुलिस चिफ काउन्सिलले जनाएको छ।
एक प्रहरी अधिकारीले थुक आतंक बढेपछि कोरोना संक्रमण हुन्छ भनेर प्रहरीहरु डराएको बताएका छन्। बीबीसी
प्रतिक्रिया