ad ad

राजनीति


चीनलाई मन नपराउने राजनीतिक भाइरस अमेरिकामा फैलिरहेको छः वाङ यी

चीनलाई मन नपराउने राजनीतिक भाइरस अमेरिकामा फैलिरहेको छः वाङ यी

नेपालखबर
जेठ ११, २०७७ आइतबार ९:३,

अमेरिकामा फैलिएको राजनीतिक भाइरसले चीनलाई आक्रमण गर्न र खोट लगाउन कुनै कसर बाँकी नछाड्ने वाङ यीले बताएको सिन्ह्वाले जनाएको छ।

आइतबार पत्रकार सम्मेलनका क्रममा कोरोना भाइरसको विषयमा चीनमाथि विभिन्न आरोपहरु लागेको तर ती भनाइहरु तथ्यहीन भएको यीले बताए।

चीनले राम्रो काम गरेपनि बिरोध गर्नेहरु सक्रिय भएको उनको भनाइ थियो।

पछिल्लो समय अमेरिका र चीनबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद जारी छ।

अमेरिकाले चीनले कोरोनाको खतराबारे पहिल्यै जानकारी नदिएको कारण विश्वमा कोरोनाले विकराल रुप लिएको आरोप लगाएको छ।

अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको आशंका व्यक्त गरेको छ।

यतिबेला चीनमा कोरोनाको प्रभाव कम भइसक्दा अमेरिकामा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित छन्। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .