ad ad

समाज


संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालखबर
जेठ ११, २०७७ आइतबार ७:३२,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ।

आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले संघीय संसद्मा दर्ता गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ र कोरोना भाइरस संक्रमणको अवस्थालगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृृष्णप्रसाद पौडेलले जानकारी दिए।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो।

बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने कांग्रेसले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .