पाकिस्तानी इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना हुँदा त्यसमा रहेका १०७ मध्ये २ जना जीवित रहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले सो जहाजमा रहेकामध्ये २ जना बाँच्न सफल भएको जनाएको छ।
पाकिस्तानका २ जना अधिकारीले सो कुरा पुष्टि गरेको एपीले जनाएको छ।
सो समाचार एजेन्सीले यसअघि त्यहाँका एकजना मेयरले स्थानीय टीभीसँग बोलेको भिडियोको आधारमा जहाजमा सवार सबैजनाको मृत्यु भएको भनेको आधारमा तयार पारेको अघिल्लो समाचार सत्य नभई २ जना जीवित रहेको बताएको छ।

प्रतिक्रिया