नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति, भारतले भारतमा रहेका नेपालीलाई यथास्थानमै सुरक्षित बस्न आग्रह गरेको छ।
कतिपय दलालहरुले बस तथा जिप रिजर्भ गरी नेपाल पठाइदिने भन्दै रकम ठगी गरिरहेको उल्लेख गर्दै समितिले भ्रममा नपर्न अपिल गरेको छ।
जनसम्पर्क समितिका अध्यक्ष एवं नेपाली कांग्रसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जारी गरेको अपिलमा ‘नेपाल सरकार तथा भारत सरकारको अपैचारिक तथा आधिकारिक रूपमा सीमा संञ्चाचालबारे कुनै सम्झौता नभएको’ स्पष्ट पार्दै कतिपय नागरिक स्थानीय तहको समन्वयमा मात्रै नेपाल गएका उल्लेख छ।
जनसम्पर्क समितिले भारतमा अलपत्र परेका वा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने बचन पनि अध्यक्ष पाण्डेले दिएका छन्।

प्रतिक्रिया