समाज


हात्तीको दाह्रासहित काठमाडौँबाट ५ जना पक्राउ

हात्तीको दाह्रासहित काठमाडौँबाट ५ जना पक्राउ

नेपालखबर
जेठ २१, २०८३ बिहिबार ६:२८, काठमाडौँ

हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने २५ वर्षीय राजीव महर्जन, गोरखा घर भएका २६ वर्षीय टेकप्रसाद गुरूङ, काठमाडौं महानगरपालिका-१७ बसन्तपुर बस्ने २७ वर्षीय आयुष महर्जन, टोखा नगरपालिका-२ सपनतीर्थ बस्ने बैतडी घर भएका २४ वर्षीय पुरन बोहरा र तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने गोरखा घर भएका २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्। 

काठमाडौं मनमैजु एरियामा राजीव महर्जन समेतका व्यक्तिहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसार पसार बिक्री वितरण तथा सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजीवको घर नजिक रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा २ थान बरादम गरेको थियो।

साथै, उनकै घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट फेला पारी राजिव, आयुष र टेकप्रसादलाई पक्राउ गरेको थियो। 

अनुसन्धानको क्रममा अन्य २ वटा हात्तीको दाह्राका टुक्राहरू पुरनसँग रहेको भन्ने खुल्न आएपश्चात उनलाई सपनतीर्थबाट पक्राउ गरी सोधपुछ गर्दा उक्त हात्तीको दाह्राका टुक्रा मनमैजु बस्ने सन्तबहादुरलाई दिएको भन्ने खुलेपछि सन्तबहादुरको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित कोठाबाट हात्तीको दाह्राका टुक्रा २ थान फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये राजीव, आयुष र टेकप्रसादलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिमको कसुरमा एवम् पुरन र सन्तबहादुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad