समाज


राशिफल २१ जेठ: मकरको जोस बढ्ने, मीन उत्साहित बन्ने, तपाईँको दिन कस्तो?

राशिफल २१ जेठ: मकरको जोस बढ्ने, मीन उत्साहित बन्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
जेठ २१, २०८३ बिहिबार ४:३८, काठमाडौँ

बिहीबार, २१ जेठ २०८३ (४ जुन २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ। धैर्य नै सफलता हो भन्ने मन्त्रलाई आत्मसात् गर्नुहोला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

वृष: बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। नयाँ वस्त्र उपहार पाइनेछ। आर्थिक तथा सेयर कारोबारबाट राम्रै प्रतिफल मिल्नेछ। निर्णय क्षमतामा भने कमी आउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मिथुन: दिन मध्यम खालको रहनेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। प्रणय सम्बन्ध सामान्य रहनेछ। तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। व्यवस्था नै प्रगति हो भन्ने मन्त्रलाई ध्यान दिनुहोला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला। मन खिन्न हुने स्थिति आउनेछ। अधुरा र जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। घर व्यवहारमा झमेला आउन सक्छ। बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

सिंह: पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। धैर्यताले अवसर दिलाउनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। सजिलै अरूको मन जित्न सकिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने। 

कन्या: उपकार गरेर अरूको मन जित्न सकिनेछ। प्राविधिक कार्य सफलता मिल्नेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५०, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: नसोचेको ठाउँबाट धनागम हुनेछ। शुभ समाचार सुन्न पाइएला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। लामो यात्रा सुखद र सफल रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७५, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: विद्या र बुद्धिको विकास हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ६७, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु: शुभ समाचार सुन्न पाइएला। नयाँ रोजगारीको अवसर मिल्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। सौन्दर्यका सामानमा धन खर्च हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ६७ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: जोस, जाँगर बढ्नेछ। समयले साथ दिनेछ। महिला वा मित्रबाट सहयोग मिल्नेछ। टाढा रहेका व्यक्तिसँग सम्बन्ध सुमधुर बन्नेछ। कला, साहित्य र सङ्गीतप्रति रुचि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङ प्रयोग नगर्ने।

कुम्भ: महत्त्वपूर्ण काममा व्यवधान आउन सक्छ। साथीसँग विवादको सम्भावना छ। आर्थिक कारोबारमा विवाद देखिए पनि यात्राको योजना बन्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३७, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङ प्रयोग नगर्ने।

मीन: मनमा उत्साह र उमङ्ग रहनेछ। बोली बिक्ने समय छ। रमाइलो यात्राको योग छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता कायम हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad